सिरहा : सिरहामा गुडिरहेको टिपरमा अचानक आगलागी भएको छ। सिराहाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत कर्जन्हा नगरपालिका १० प्रयागपुरमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना. १ क. ५५५१ नम्बरको टिपरमा अचानक आगलागी भएको हो।

टिपरमा बालुवा लोड गरि ढल्केबर तर्फबाट चोहर्वा जाँदै गरेको अवस्थामा गुडिरहेको टिपरमा अचानक आगलागी भएपछि चालकले हाम फालेर ज्यान जोगाएको स्थानीयबासिन्दाले जानाकारी दिएका छन् ।

समयमा आगो नियन्त्रण गर्न नसक्दा टिपर पूर्ण रुपले जलेर नष्ट भएको छ । बिच सडकमै जलेको टिपर हटाउने र घटना विषयमा थप अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थल पुगेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here