सर्लाही:- सर्लाहीमा बुधबार बिहान पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–११, गम्हरिया पल्सी टोलमा बुधबार बिहान इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा स्थानीय सदाम अन्सारीका आठ वर्षीय छोरा रेआज अन्सारी र छ वर्षीय छोरा नेआज अन्सारीको गाउँ नजिकै रहेको इँटा उद्योगको चिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मृतक बालकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ। बालकहरुको डुबेर मृत्यु भएको इँटा उद्योग पूर्व सभासद् जंगिलाल रायको हो।

इँटा उद्योगमा कामदारहरु भएको समयमा कसैलाई पनि छेउछाउमा आउन नदिने गरेको भएपनि वुधवार बिहान भने उद्योगमा कामदारहरु नभएको समयमा बालकहरु पौडी खेल्न जाँदा दुःखद घटना भएको गम्हरियाका वडाध्यक्ष नन्दकिशोर रायले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here