सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा दुई गाउँबीच कुटाकुट हुँदा २० जनाभन्दा बढी घाइते भएका छन्।

नगरपालिका वडा नम्बर १७ पररिया टोल र वडा नम्बर १८ श्रीपुरका स्थानीयबीच बालबालिकाको झगडाको विषयलाई लिएर झडप भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी दिए।

बालबालिकाले जामुन( तराईमा पाइने एक प्रकारको फल) को विषयलाई लिएर झगडा गर्दा उनीहरूका अभिभावक आएर झगडा बल्झाएका डिएसपी भाटले भने।

आज दिउँसो भएको झडपमा दुवैतर्फका धेरै स्थानीयको टाउको फुटेको र जिउभरि चोटपटक लागेको घटनास्थलबाट डिएसपी भाटले बताए। झडपमा लाठी, मुङ्ग्रा, बाँसका भाटाहरू प्रयोग भएका प्रहरीले जनाएको छ। दुवैतर्फका गरी हजाराैंका संख्यामा झडपस्थलमा रहेका भाटले जानकारी दिए।

यद्यपि अहिले झडप नियन्त्रणमा आएको र घाइतेलाई उपचारको प्रबन्ध भइरहेको जनाइएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here