सर्लाही : सर्लाहीका राजाराम बैठा परिवार पाल्न वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए। तर उनी बाकसमा फर्किए।

पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर गएका उनी एक वर्षमै शव बनेर फर्किएका हुन्।

सर्लाही विष्णु गाउँपालिका–३ मधुवन गोट बस्ने रामचन्द्रका छोरा वर्ष ३७ का राजारामका पाँच छोरी र एक छोरा छन् भने आमाबाबु वृद्ध अवस्थाका छन्। बैठालाई छाति दुख्ने समस्या भएको र अस्पताल लैजाँदै गर्दा उनको बाटोमै निधन भएको थियो।

श्रीमतीसहित उनको परिवारमा जम्मा ९ जना छन्। राजारामको मृत्यु भएपछि परिवार कसरी चलाउने भन्ने बैठा परिवारलाई चिन्ता लागेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here