सर्लाही : प्रदेश नम्बर २ को सिरहा जिल्लाबाट प्रहरीले करिब १६ लाख रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको छ।

सिरहाको गोलबजारबाट सशस्त्र प्रहरीको टोलीले अवैध सुन बरामद गरी दुई युवालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हेडक्वाटर सिरहाबाट खटिएका प्रहरी टोलीले गोलबजार नगपालिका वडा नं ४ शिव चौकबाट उक्त सुन बरामद गरेको हो।

कालो रङको बजाज पल्सर मोटरसाइकल सवार जिल्ला सिरहा लक्षमीपुर पतारी गाउँपालिका वडा नं ४ बस्ने बस्ने वर्ष १९ को साउदिन्न खान र सोही ठाउँ बस्ने जिवछ कुमार मण्डलमाथि शंका लागी चेकजाँच गर्दा सुन बरामद भएको हो।

अवैध रूपमा झोलाभित्र लुकाइ राखेको अन्दाजी दुई सय २०० ग्राम बराबरको सुनको ४ थान बालासहित दुई व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालय माडर बुझाइएको सशस्त्र प्रहरी बल नेपाल ७ नं। गण सिरहाका डिएसपी विनोद थापाले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here