सर्लाही : रौतहटको मौलापुर नगरपालिकामा नगरसभा भइरहँदा दुई पक्षबीच विवाद भएपछि झडप भएको छ।

बिहानदेखि सुरु भएको पाँचौं नगरसभामा प्रमुख अतिथि नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साह थिए। साह पक्ष र अरू दलका कार्यकर्ताबीच झडप भएको हो।

नेकपा माओवादी केन्द्र छाडेर साह नेकपा एमालेमा छन्। नगरसभामा बजेट पेस गर्ने र विपक्षी पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए।

प्रहरीले झडप रोक्न अश्रु ग्यास पनि प्रहार गरेको छ। केहीबेर अघिसम्म चार राउन्ड अश्रु ग्यास प्रहार गरिएको उनले बताए। भिड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको उनको भनाइ छ।

मौलापुरको मेयर रीनाकुमारी साह हुन्। प्रभु साह मेयर रीनाकुमारीकी पति हुन्। घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here