धनुषा : अंश विवादको क्रममा आफ्नै छोराले बुवाको हत्या गरेका छन् ।धनुषाधाम नगरपालिका–१ काशिपुर का ७० वर्षीय विशो यादवलाई आफ्नै छोराले हत्या गरेका हुन् ।

केही समयदेखी बुवा छोराबीच निरन्तर अंश बण्डाको विषयमा विवाद हुँदै आएको र त्यसै कारण गएराति करिब १ बजे मसाला कुट्ने खलको बिड प्रहार गरि बिशोको हत्या गरिएको धनुषाका एसपी प्रकाश रानाभाट बताएका छन्।

प्रहरीका अनुसार मृतक विशोको टाउकोमा किरब दुई इन्च घाउ बनाइदिइएको छ । उनको घाँटी समेत थिचिएको देखिएको एक प्रहरीले बताए ।

धनुषाका एसपी रानाभाटका अनुसार घटनामा संलग्न रहेको उनका छोरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या आरोपी उनका कान्छा छोरा श्रीकृष्ण यादवलाई प्रहरीले उनको घरबाटै नियन्त्रणमा लिएको हो ।

उनले अपराध समेत स्वीकार गरिसकेको एसपी रानाभाटले बताए ।मृतक यादवको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । मृतक यादवका तीन छोरा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रानाभाटको भनाइ छ ।

 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here