सर्लाही : ईश्वरपुर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडाैं लगिएको छ।

शुक्रबार(आज) बिहान साँढे ८ बजेतिर ईश्वरपुर नगरपालिका–७, धनपति डाँडामा बा.५ प. ४४०२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा हरिपुर नगरपालिका-८, इन्द्रपुरका ३५ वर्षीय दानबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन्।

उनको टाउको, हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। श्रेष्ठलाई ईश्वरपुरस्थित अमृत हेल्थ केयर बयलबासमा प्राथमिक उपचार गरी लालबन्दी सिटी हेल्थ केयर लालबन्दी ल्याइएको थियो।

त्यहाँ सामान्य उपचारपछि श्रेष्ठलाई थप उपचारका लागि आज अल्टिटिउड हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

घाइते श्रेष्ठलाई लालबन्दीस्थित डुमडुमे मन्दिर छेउको पूर्व-पश्चिम राजमार्गमै हेलिकप्टर ल्याण्ड गराई काठमाडाैं लगिएको हो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here