सर्लाही : १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ईश्वरपुर नगरपालिकामा एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ईश्वरपुरबाट गएको प्रहरी टोलीले ईश्वरपुर दशबिगाहका रुदल सिंहलाई प्रकाउ गरेको हो। ललाई फकाई १४ वर्षीय बालिकालबाई उनले प्रलोभनमा पारी जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

सुस्त मनस्थितिकी बालिकालाई उनले घरमै गएर जबर्जस्तीकरणी गरेका ईश्वरपुर प्रहरी कार्यालयका निरीक्षक वीरेन्द्र गुरुङले सर्लाही एक्सप्रेसलाई जानकारी दिए।

बालिकाले परिवारलाई यसबारे बताएपछि प्रहरीले सिंहलाई नियन्त्रणमा लिएको गुरुङले जानकारी दिए। सिंहविरुद्ध आजै मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here