सर्लाही:- कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको पुल भासिएको छ। पुलको पूर्वतर्फको भाग भासिएको इलाका प्रहरी कार्यालय सत्तीका इञ्चार्ज प्रहरी नायब निरिक्षक लोकेन्द्र चन्दले जानकारी दिए।

उनका अनुसार नदीले पूर्वतर्फको भाग काट्न थालेको छ। उनले पुलमा आवागमन बन्द गरिएको बताए। नदी कटान रोक्नका लागि प्रयास भैरहेको बताइएको छ। इलाका प्रहरी कार्यालय राजापुरबाट सुरक्षाकर्मी खटिएका छन।

पुल निर्माण भएसँगै राजापुक्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको भएपनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन। पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here