सर्लाही : सुनसरीको कोशी गाउँपालिका ८ भण्टाबारीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुमन तिमल्सिनाका अनुसार आज आइतबार बिहान पाैने ८ बजेतिर सवारी दुर्घटना भएको हो।

उनका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको बा३ख ७२२४ नम्बरको हायसले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स.१ च. ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

मोटरसाइकललाई ठक्कर दिएसँगै पश्चिमबाटै पूर्वतर्फ आउँदै गरेको बा.३ ख. ९ ६३८ नम्बरको पिकअप भ्यानलाई ठक्कर दिदाँ तीन जनाको मृत्यु भएको तिमल्सिनाले जानकारी दिए।

मृत्यु हुनेमा पिकअप चालक मोरङ विराटनगर ७ निवासी अन्दाजी ३५ वर्षीय अक्षयकुमार गुप्ता रहेका छन् । त्यस्तै , मोटरसाइकलमा सवार मोरङ विराटनगर ९ का रामप्रसाद साहको मृत्यु भएको हो भने मोटरसाइकल चालकको परिचय र ठेगाना खुलेको छैन।

उनीहरु सबैको इनरुवा अस्पतालमा उपचार क्रममा मृत्यु भएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। यस्तै दुर्घटनामा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा हायस चालक नुवाकोट विदुर नगरपालिका १३ का ३५ वर्षीय विवश तामाङ र हायसमा सवार विदुर नगरपालिका नुवाकोटकै २५ वर्षीय नारायण बत्स्याल रहेका छन्।

उनीहरुको पनि इनरुवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ। ती सबै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here