सर्लाही : घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर सिन्धुलीमा २ जना गम्भीर घाइते भएका छन्।

सिन्धुलीको मरिण गाउँपालिकामा करेन्ट लागेर दुई पुरुष गम्भीर घाइते भएका हुन्। मरिण गाउँपालिका-४ जुटपानीका ३६ वर्षीय जितबहादुर बिक र २३ वर्षीय राजकुमार माझी रहेका घाइते भएका छन्।

उहीरुलाई आइतबार बिहान ८ बजे मरिण गाउँपालिका ६ धमिलेका स्थानीय रामबहादुर काल्तानको घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेको उक्त गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए।

गम्भीर घाइते दुईमध्ये जीतबहादुरको अवस्था चिन्ताजनक रहेको छ। उनीहरुलाई तत्काल उपचारका लागि सिन्धुली अस्पतालमा ल्याउन समेत एम्बुलेन्स उपलब्ध नभएपछि अध्यक्ष बम्जनले आफ्नै गाडीमा सिन्धुली अस्पताल ल्याएको जनाए।

‘घाइतेहरुको सिन्धुली अस्पतालमा सामान्य उपचार भए पनि अस्पतालले थप उपचारका लागि दुवै जनालाई काठमाडौँ रिफर गरेपछि हेलिकप्टर मार्फत पठाउने तयारी गरिएको छ,’ उनले भने ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here