सर्लाही:- कैलालीको गौरीगंगा नगरपालीका ३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार (हिजो) जिल्लाको गौरीगङ्गा नगरपालिका ३ कुचैनीमा से.२ प. ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

पूर्वबाट पश्चिम तर्फ गइरहेको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका १७ धुर्जनाका करिब २८ वर्षीय सिताराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

अनियन्त्रित मोटरसाइकल बिजुलीको पोलमा ठोकिदा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here