सर्लाही : सर्लाहीमा हालसम्म कोरोना संक्रमणबाट १४ जनाको निधन भएको छ। त्यस्तै जिल्लाभर संक्रमित संख्या २ हजार ८ सय ८५ पुगेको छ।

जसमध्ये पुरुष २ हजार ३ सय ८५ छन् भने महिला ५ सय जना छन्।संक्रमणदर पुनः फैलिन थालेपछि जिल्लामा संक्रमित संख्या फेरि बढ्न थालेको छ।

पछिल्लो समय देशैभर भाइरसको नयाँ संक्रमण भेटिन थालेसँगै यसको असर भारतसँग सीमा जोडिएको सर्लाहीमा पनि देखिन थालेको छ। आज मात्र देशभर ८ हजार ३ सय ३८ जनाको परीक्षण गर्दा १ हजार ७ सय ३६ संक्रमति थपिएका छन्।

आज देशभरबाट २ सय ५१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् भने पछिल्लो २४ घण्टामा १७ संक्रमितले ज्यान गुमाएका छन्। गत २४ घण्टामा पिसिआर विधिबाट मात्रै पर्साको नारायणी उपक्षेत्रीय अस्पतालमा ७७ जना कोरोना संक्रमित थपिएका छन्।

प्रदेश २ का वरिष्ठ चिकित्सक कमलेश यादवका अनुसार जिल्लाभर होम आइसोलेसनमा ७ जना छन् भने क्वारेन्टाइनमा कोही पनि छैनन्। आज मात्रै सर्लाहीमा तीन जना संक्रमित थपिएका छन्। उनीहरू मंलगवा नगरपालिका–५ का ७२ वर्षीया १ पुरुष, लालबन्दी नगरपालिकाका ३० वर्षीय पुरुष र गाैडेता नगरपालिका–९ का २५ वर्षीय पुरुष हुन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here