जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान २०७८को आज एक कार्यक्रमबीच शुभारम्भ गरेका छन्।

डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका वडा नं ४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रमबाट मुख्यमन्त्री राउतले बर पिपलको रुख रोप्दै अभियानको शुभारम्भ गरेका हुन्।

मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरेलगत्तै प्रदेशका आठ वटै जिल्लामा एक साथ वृक्षरोपणको शुरुवात भएको छ।

राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सातदिवसीय अभियानअन्तर्गत आठ वटै जिल्लाको कुल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ विरुवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा रामचन्द्र कँडेलले जानकारी दिए।

अभियानको शुराम्भका लागि आठ वटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुग्नु भएको छ।

अभियानको शुभारम्भ सप्तरीमा समाजिक विकास मन्त्री नवल किशोर साह, सिरहामा अर्थमन्त्री विजय कुमार यादव , महोत्तरीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, आन्तरिक मामिला तथा संचार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र कुमार सिंह, रौतहटमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव, पर्सामा उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले गरेका हुन्।

धनुषा पुष्पलपुरमा आयोजित कार्यक्रममा मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, मिथिला नपाका मेयर हरिनारायण महतो, वन सचिव डा कँडेललगायतको उपस्थिति थियो ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here