सर्लाही : मलंगवा नगरपालिका वडा न ७ मुसैलीको स्वास्थ्य चौकीको अवस्था दयनीय भएको छ।

स्थानीय सरकारको बेवास्ताका कारण स्वास्थ्य चाैकी अहिले डम्पिङ साइटजस्तो देखिन थालेको छ। स्वास्थ्य चाैकी भत्किएको र मर्मत गर्नुपर्ने भनी स्थानीयले बारम्बार यहाँका जनप्रतिनिधिलाई भन्दा पनि सुनुवाइ भएको छैन।

भवनको छत ठाउँठाउँमा भत्किएको छ। भवन र पर्खाल चिराचिरा परेका छन्। न बस्न ठाउँ सफा र सुरक्षित छ त न औषधि राख्ने र्‍याक नै गतिलो छ।

बारम्बार वडाध्यक्ष प्रमोद यादवलाई यसबारे जानकारी गराइए पनि उनले मेयरसंग यसबारे भन्नू भन्दै पन्छिने गरेका स्थानीय बताउँछन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here