सर्लाही:- बर्षासगै परेको चट्याङ लागेर महोत्तरीको मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मनरासिस्वा-४ साढा गाउँकी ५० वर्षीया प्रेमशिला देवी र वडा नम्बर ५ कटैया गाउँका ८० वर्षीय विशेश्वर राय छन्।

देवीको घरनजिकै खेतमा राखिएको धानको बिउमा मल राखिरहँदा र रायको गाउँ नजिक भैँसी चराउँदै गर्दा सोमबार बिहान चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here