सर्लाही:- बारा प्रहरीले १५ किलो गाँजासहित पर्साका एक जनालाई पक्राउ गरेको छ।

गाँजासहित प्रहरीले पर्साको पकहा मैनपुर गाँउपालिका वडा नम्बर १ निवासी राजमहम्मद मियाँ हजामलाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय जितपुरको टोलीले चेकजाँच गर्नेक्रममा मियाँलाई जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बाट पक्राउ गरेको  जनाईएको छ। पक्राउ परेका मियाँलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here