नेपाल राष्ट्र बैंकले कतारी रियाल सटही गर्न सूचना जारी गरेको छ ।

नेपाली नागरिकसँग कुनै पनि स्रोतबाट जम्मा भएका कतारी रियाल नोटहरू वैशाख २७ गतेभित्र सटही गरेर नेपाली रूपैयाँ लिन नेपाल राष्ट्र बैंकले सूचित गरेको हो ।

कतार सरकारले कतारी रियाल बैंकका नोटहरू सन् २०२१ जुलाईदेखि नचलाउने निर्णय गरेको हुँदा नेपाल राष्ट्र बैंकले नेपाली नागरिकलाई रूपैयाँ सटहीका लागि उक्त समयसीमा तोकेको हो ।

‘प्रचलित व्यवस्था बमोजिम यस बैंकको बैंकिङ विभाग, बैकिङ कारोबार गर्ने यस बैंकका प्रदेशस्थित कार्यालयहरू, विदेशी विनिमयको कारोबार गर्ने यस बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था वा परिवत्र्य विदेशी मुद्राको कारोबार गर्न इजाजत प्राप्त मनी चेन्जरहरूबाट सटही गर्नु/गराउनुहुन’ बैंकले सूचना जारी गर्दै भनेको छ ।

उक्त समयसीमापछि नेपाल राष्ट्र बैंक र मातहतका कुनै पनि संस्था पुरानो मितिमा जारी भएका कतारी रियाल सटही गर्न बाध्य नहुने पनि बैंकले जनाएको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here