मनसुनी वायु प्रभाव र दक्षिणी भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही  गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ।

दिउँसो पनि देशभरको मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भीषण वर्षाको सम्भावना रहेको छ ।

मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका अधिकांश स्थानका साथै लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here