सर्लाही : धनुषामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला नगरपालिका–७ सुखजोर पुलनजिक सडकमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किएका थिए।

उक्त दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार ताप्लेजुङ फदिङमा गाउँपालिका बस्ने ४५ वर्षीय अमर लिङ्देन र मोटरसाइकल चालक पाँचथर हिल्याङ गाउँपालिका–३ बस्ने ३५ वर्षीय सागर लिङ्देन रहेका छन्।

ना.३ ख. ५१८३ नम्बरको ट्रक र बागमती प्रदेश ०२–०२३ प ६२४० नम्बरको मोटरसाइकल ठोक्किएका हुन्। घाइतेमध्ये एक जनाको लालगढ र अर्का एक जनाको विराटनगरमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अमरको मोडेल अस्पताल लालगढमा र सागरको नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here