वीरगञ्ज  : महिलाको शंकास्पद अवस्थामा घरभित्रै शव फेला परेको छ।

वीरगञ्ज-८ पानीटंकीमा शंकास्पद अवस्थामा घरभित्रै शव फेला परेको हो। नवलपरासी घर भई वीरगञ्ज बस्दै आएकी ३२ वर्षीया हिममाया अस्लामीको शव उनकै कोठामा भेनिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मृतक महिलाको श्रीमान लागू औषध मुद्दामा दोषी ठहर भई कारागारमा छन्। वीरगञ्जमा हिममाया एक्लै बस्दै आएकी थिइन्।

महिलाको मृत्यु शंकास्पद देखिएको छ। शरीरमा चोकपटक तथा निलडाम छैन, मृतकको नाकबाट फिज आएको पर्सा प्रहरीले जनाएकाे छ ।

ऐनाको सीसा र मोबाइल फुटेको देखिएको प्रहरीले जनानएको छ। कोठामा बियरका बोतलहरु भएको पर्सा प्रहरीले जनाएको छ।

घटना संकास्पद रहेकोले अनुसन्धानका लागि मृतक महिलाको कोठामा आइरहने युवकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here