बिक्रम रौनियार,सर्लाही:- सर्लाहीको लालबन्दी नगरपालिका-१७ रानीगंजमा पक्की बाटो नहुँदा स्थानियलाई सकस भएको छ । सामान्य पानी पर्ना साथ बाटो हिड्न अप्ठयारो हुने गरेको स्थानियहरुले बताएका छन् ।

स्थानिय उमेश महतोले स्थानीय सरकार गठन भएको लगभग चार वर्ष बितिसक्दा पनि रानीगंजमा सरकारको साथको अनुभुती जनताले महसुस गर्न नपाएको भन्दै गुनासो पोखेका छन् । सर्लाहीका अन्य नगरपालिकामा बाटो पक्का भइसक्दा पनि आफ्नो गाँउमा स्थानिय सरकारले केही नगरेको भन्दै उनीहरुले बाटोमै धान रोपेर प्रर्दशन समेत गरे ।

केन्द्र सरकारले लालबन्दी नगरपालिकाका निम्ति वर्षै पिच्छे करोडौं बजेट छुट्याएता पनि उक्त बजेट कहाँ र के-का लागी खर्च हुन्छ आफुहरुलाई थाहा नभएको उनीहरुले बताए । वडाका जनप्रतिनिधिहरुले पनि कुनै वास्ता नदेखाएको भन्दै स्थानीयहरुले दुखेसो व्यक्त गरे ।

यसैक्रममा स्थानीय अर्जुन महतो, राजेश महतो, महानन्दन महतो, जागेश्वर महतो, अनिल यादव लगायतका युवाहरुले उमेश महतोको नेतृत्वमा सरकारको बिरोध स्वरुप राष्ट्रिय धान दिवसको दिन गाउँको हिलोमय बनेको फौदसिङ्घ क्याम्पस जाने बाटोमा धान रोपि प्रदर्शन गरेका हुन्।

नगरपालिकाले उक्त बाटोको लागि १० लाख बजेट गाभ्रेल गर्न भन्दै छुट्टाएता पनि बजेट नै फिज भएको भन्ने सुनेको समेत उमेश महतोले बताए ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here