गएराति फूलजोर खोलामा आएको बाढीले ईश्वरपुर नगरपालिका-८, रामपुर र लालबन्दी नगरपालिका-३, जब्दी भैरवपुर जोडने पक्कीपुल बगाएको हो। पुल दुई हप्ताअघि मात्र ढलान सम्पन्न भएको थियो। बाढीले पुल निर्माणमा प्रयोग भएका सेटिङका सामान तथा निर्माण सामग्री र उपकरणसमेत बगाएको ठेकेदार कम्पनीले जनाएको छ।

बाढीले पुल बगाउँदा अन्दाजी २ करोड बराबरको क्षति भएको उनीहरूको भनाइ छ। पुलको उत्तरतर्फको ४० मिटर भाग बगाएको छ। पुलको ४० मिटर स्लाप बगेको हो।

उक्त पुल संघीय सरकारको १२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको थियो। पुल निर्माण सम्पन्न गरेर यही असार मसान्तमा हस्तान्तरण गर्ने तयारी भएको थियो। निर्माण सम्पन्न भएर प्रयोगमा आउने आशमा बसेका स्थानीयबासी पुल नै बगेपछि निराश बनेका छन्। उक्त पुल आर्थिक वर्ष २०७५/०७६ मा निर्माण सुरु भएको हो।

पुलको कुल लम्बाइ २ सय मिटर रहेको ठेकेदार कम्पनी पप्पु शिव शंकर जेभीका सञ्चालक मनोज साहले जानकारी दिए। उक्त पुल दुई पालिका जोड्ने फूलजोर खोलामाथि बन्दै गरेको थियो। उक्त पुलमार्फत दुई पालिकाका नागरिकहरूलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको थियो।

ठेकेदार कम्पनीले लापरबाहीपूर्ण ढंगले काम गरेको र समयमा मजदुरको ज्याला भुक्तानी नगरेका कारण पुल निर्माणमा ढिलाइ भइरहेको पुल निर्माण कार्यमा खटिएका लालबन्दी-३, जब्दीका राम कैलाश चौधरीले बताए।

पुल निर्माणमा ढिलाइ गरेका कारण वर्षाले बताएको उनको भनाइ छ।

‘वर्षाअघि नै काम सम्पन्न हुनुपर्ने थियो। स्थानीय चौधरीले भने, ‘मजदुरलाई भुक्तानी  नगर्दा बीचमा केही समय काम रोकियो, अहिले वर्षातमा कमसल सामग्री प्रयोग र हतार हतारमा गरेका ढलान बाढीले बगायो।’

मौसमको सामान्य ख्यालसमेत नगरेको र पुल ढलानमा लापरबाही भएकाले बगाएको जानकारहरू बताउँछन्।

२०७६ सालको वर्षामा समेत ४० मिटर पुल खोलामा आएको बाढीले बगाएको थियो। ठेकेदारको लापरबाहीले पुलसँगै स्थानीयको सपनासमेत बगाएको ईश्वरपुर नगरपालिका-७, धनपतिडाँडा बस्ने स्थानीय हसंद अन्सारीले दुखेसो पोखे।

जिल्लामा केही दिनयता परेको लगातारको झरीले नदीनालामा पानीको सतह बढ्नुका साथै, होचो जमिनमा र नदीको तटीय क्षेत्रका गाउँ नै डुबानमा पर्न थालेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here