सर्लाही:- बारामा जङ्गली हात्तीको आक्रमणमा परेर एक किसानको मृत्यु भएको छ।

कलैया उपमहानगरपालिका-२ अवधापुरका ४५ वर्षीय रामदेव पटेलको हात्तीको आक्रमणबाट मृत्यु भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

आज बिहान साढे ८ बजेतिर खेतमा काम गर्न गएका बेला पटेललाई हात्तीले आक्रमण गरेको र उपचारका लागि जिल्ला अस्पताल कलैया ल्याउँदै गर्दा उनको मृत्यु भएको मिश्रको भनाइ छ।

बिहान धान रोप्नका लागि खेतको आली मिलाउँदै गरेका बेला पटेललाई खेतछेउकाे उखुबारीबाट अचानक निस्केको हात्तीले  कुल्चिएको मिश्रको भनाइ छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here