सर्लाही:- सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनको समूहमाथि अनुसन्धानको लागि फेरी म्याद थप्ने तयारी भएको छ

ज्वाला भनिने टीका संग्रौलाविरुद्धको अनुसन्धानका लागि आज चौथोपटक म्याद थप गर्ने तयारी भएको हो। रंगभेदी टिप्पणी, कुटपिट र सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेकी संग्रौलाको अनुुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट म्याद लिने तयारी भएको हो।

सत्तारुढ दल नेकपा एमाले निकट नेत्री खुश्बु घिमिरेसँग भएको विवादपछि परेको उजुरीका आधारमा प्रहरीले उनीसहित तीनजनालाई असार ६ गते पक्राउ गरेको थियो। संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइबा पक्राउ परेका हुन्। सुरुमा उनीविरुद्ध अभद्र व्यवहारमा प्रहरीले मुद्दा दर्ता गरेको थियो।

सामाजिक सञ्जालमा एकअर्काविरुद्ध उनीहरुले लेखेका विषयमा विवाद भएको थियो। विवादकै बीच उनीरु महानगरीय प्रहरी वृत्त गौशाला पुगेका थिए। सोही क्रममा दुवै पक्षबीच प्रहरी कार्यालय परिसरमै हात हालाहाल भएको थियो।

उनले एक प्रहरीमाथि रंगभेदी टिप्पणी गरेको समेत पाइएको थियो। अनुसन्धानकै क्रममा उनले जन्मदर्ता र विवाहदर्ताको कागजमा सरकारी छाप किर्ते गरेको पाइएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here