सर्लाही:-  विश्व साइबर सुरक्षाको क्षेत्रमा नेपालले सुधार गरेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ आईटीयूले हालै सार्वजनिक गरेको ‘ग्लोबल साइबर सेक्युरिटी इन्डेक्स’ अनुसार नेपाल साइबर सुरक्षाको वरियतामा १५ स्थानमाथि उक्लिन सफल भएको हो।

ग्लोबल साइबर सेक्युरिटी इन्डेक्स रिपोर्ट २०२० अनुसार अध्ययनमा समेटिएका कूल १ सय ९४ देशमध्ये नेपाल ९४ स्थानमा रहन सफल भएको छ । यसअघि सन् २०१८ मा सार्वजनिक भएको प्रतिवेदनमा नेपाल १०९ स्थानमा थियो।

दुई वर्षको अवधिमा साइबर सुरक्षाको क्षेत्रमा भएका विभन्नि नीतिगत सुधारका साथै जनचेतनाका लागि सरकारले चालेको कदमका कारण नेपाल १५ स्थान उक्लिन सफल भएको हो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here