सर्लाही : जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

आज जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको अनुसार आज थप एक जनाको मुत्यु भएसँगै सर्लाहीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ।

आज जिल्लामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा हाल ८७ जना सक्रिय संक्रमित रहेका उल्लेख छ। सर्लाहीमा हालसम्ममा २४८६ जना संक्रमित भएका मध्ये २३९९ जना निको भएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here