काठमाडौं : क्यानडा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट डेढ करोड बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काभ्रे पाँचखाल नगरपालिका– ४ तामाघाट घरभई काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर बस्ने २१ वर्षीय प्रजिन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

सर्लाही लालबन्दी नगरपालिका-१७ रानीगञ्जकी यमुना बस्नेतलाई कामदार भिसामा क्यानडा पठाइदिने भनेर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान  कार्यालयले अधिकारीलाई पक्राउ गरेको हो।

अधिकारीले राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै झुक्याएर १७ लाख रुपैयाँ लिई सम्पर्कबिहिन भएको भन्दै बस्नेतले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अधिकारीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडालगायतका मुलुकमा पठाइदिन्छु भनेर करिब डेढ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। अधिकारीबाट कोही पीडित भएमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here