सर्लाही : लालबन्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार राति लालबन्दी बजारबाट परवानीपुर जाँदै लु.२ त. ८६२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार चालकको मृत्यु भएको स्थानीय विरकेश शाहले बताए।

मृतक लालबन्दी नगरपालिका-१६ का अन्दाजी ४३ वर्षीय रामहरि कार्की रहेका उनले जानकारी दिए। साहका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका कार्कीलाई अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।

साहले दिएको जानकारीअनुसार लालबन्दी नगरपालिका-१७ बाट परवानीपुर जाँदै गरेको उक्त ट्याक्टर अनियन्त्रित भई पोलमा ठोक्किएको थियो।

घाइते भएका कार्कीलाई रानीगन्जकै त्रिदेव अस्पतालमा उपचारका लागि लगिएको थियो। तर उनको त्यहाँ उपचार हुन नसकेपछि रिफर गरिएको र बाटैमा मृत्यु भएको साहले जानकारी थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here