सर्लाही:- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।  शुक्रबार राति १० बजेर २ मिनेटमा गएको भूकम्पको धक्का बझाङ, बाजुरालगायतका जिल्लामा महसुस गरिएको थियो।

भूकम्पको केन्द्रबिन्दु बझाङ र बाजुराको सीमा सैपाल नजिक रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए।

भूकम्प ४ दशमलब १ रेक्टर स्केलको गएको केन्द्रले जनाएको छ।  भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here