सर्लाही : मिर्गाैलापीडित बिरामीलाई नेपाल समाज सेवा सर्लाहीले ३१ हजार रुपैयाँ सहयोग गरेको छ।

मलंगवा नगरपालिका वडा नं ११ गम्हरीया निवासी रामदरेश राय र तेतरी देवी यादवका एक मात्र छोरा २५ वर्षीय बेचनलाई बचाउन समाजले ३१ हजार रुपैयाँ सहयोग गरेको मुसैली निवासी सुजित यादवले जानकारी दिए।

२५ वर्षीया बेचन टिचिङ अस्पतालमा महाराजगन्जमा उपचाररत छन्। चन्दा संकलन गरी उनको उपचार गराइरहेको परिवारले बताएको छ।

दुवै किड्नी फेल भएको र अहिलेसम्म उपचारमा निकै खर्च भइसकेको भन्दै परिवारले चिन्ता जनाएको छ।

मलेसियामा रहेर श्रम गरिरहेका नेपालीको यो टिमले करिब २ दर्जन पीडितलाई अहिलेसम्म सहयोग गरिसकेको जानकारी दिएको छ। आगामी दिनहरूमा पनि यस्ता सहयोग जारी राख्ने समाजले बताएको छ।

बेचनलाई आर्थिक सयोग गरी बचाउन उनकी आमा तेतरी देवीको कृषि विकास बैंकमा रहेको खाता नम्बर 1006400895145013 मा सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here