सर्लाही : लगातारको वर्षा केही कम हुन थालेपछि बाग्मती नदीमा पानीको वहाब घट्न थालेको थालेको छ ।

शनिवार बिहान भारी वर्षा हुँदा बागमती नदीले खतराको तह पार गरेको थियो ।

बागमतीस्थित पधेरादोभान जलमापन केन्द्रमा शनिवार दिउँसो १२ः३० बजे गरिएको मापन अनुसार बागमतीको जलसतह सतर्कता तह आसपास रहेको छ ।
बिहान १० बजेको मापनमा बागमती नदीको पानीको सतक ६.८ मिटर पुगेर खतराको तर पार गरेको थियो । पानी पर्न रोकिएपछि पानीको सतक घट्न थालेको हो ।

बाग्मती नदीमा जलसतह घट्न थालेपछि स्थानीय हर्षित भएका छन् । नदीमा पानीको वहाब बढदै गएपछि तटिय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको थियो । जोखिम कम भएपनि होशियार रहन आग्रह गरिएको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here