सर्लाही : उदयपुरको ओचौदण्डीगढी नगरपालिका-७ का एक जनाकाे बाढीले बगाउँदा मृत्यु भएको छ।

खोला तर्ने क्रममा बगेर शनिबार ६५ वर्षीय  गुमशेर राईको मृत्यु भएको हो।​अविरल बर्षापछि स्थानीय द्दवार खोलामा आएको बाढीमै खोला तर्ने क्रममा बगेर मृतक राई बेपत्ता थिए।

बेपत्ता राईलाई प्रहरी टोलीले खोज तलास गर्दा दुईसय मिटर तल मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतम जानकारी दिए। राईको शव पोष्टमार्टमको लागि बेल्टार स्वास्थ चौकी पठाइएको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here