सर्लाही : हुलाकी राजमार्गअन्तर्गत भासिएको सिरहा–धनुषा जोड्ने कमला नदीमाथिको पुलको स्लाब अर्थात् छत पनि भत्किएको छ।

बिहीबार बाढीले पुलको १२ वटा स्पान मध्ये सिरहातर्फको दोस्रो स्पान बिहीबार भासिएको थियो। स्पान भासिएको पुलको स्लाब पनि भत्किएको हो।

धसिएको स्पानको छत शुक्रबार साँझ भत्किएको स्थानीयले बताएका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोला, प्रहरी प्रमुख प्रकाश रानाभाट सहितका सुरक्षा अधिकारी पुलको अनुगमन गरेर फर्केलगत्तै पुलको छत ढलेको स्थानीयले बताए।

धनुषाको कमला नगरपालिकाका भरत यादवले भने, ‘स्पान धसेको निरीक्षण गर्न सीडीओ सर आउनुभएको थियो। निरीक्षण गरेर फर्केको केही बेरमै पुलको छत पनि खस्यो।’

पुलमा २ वटा स्पानमा तीन वटा छत जोडिएको छ। धसेको स्पानको पूर्वतर्फको छत खसेको छ। पश्चिमतर्फको छत समेत लड्न लागेको यादवले बताए। बिहीबार सिरहाको सिरहा नगरपालिकाको बसपिट्टा घाटमा रहेको पुलको एउटा स्पान धसेको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here