सर्लाही : संयुक्त विद्यार्थी संगठनले आज शनिबार लालबन्दीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। विपक्षी गठवन्धनमा आबद्ध ५ दलका विद्यार्थी संगठनले साँझ सरकारविरुद्ध नाराबाजी गर्दै जुलुस निकालेका हुन्।

नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमालेको माधव समूहनिकट अनेरास्ववियु, जनता समाजवादी पार्टीको उपेन्द्र यादवनिकट विद्यार्थी संगठन र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अखिल छैटौंले संयुक्त मसाल जुलुस निकालेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेको विरोधमा निर्माण भएको विपक्ष गठबन्धनको केन्द्रीय विद्यार्थी संगठनहरुको निणर्यअनुसार मसाल जुलुस निकालिएको नेविसंघका नेता युवराज देवकोटाले जानकारी दिए।

विरोध प्रदर्शनमा उनीहरूले ‘संयुक्त विद्यार्थी एकता जिन्दावाद’, केपी तेरो पाराले दुःख पायो साराले’ जस्ता नारा लगाएका थिए। मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here