सर्लाही : लालबन्दी-१६ परवानीपुरमा आज बिहान ३ बजेतिर तीनवटा जंगली हात्ती देखा परेको स्थानीयवासीले बताएका छन् ।

हात्तीले स्थानीय मनिराम नेपाली, मानबहादुर विक, रेखा थापा र रुद्रबहादुर पुलामीको करिव एक बिघामा लगाएको मकै बाली खाने र फाल्ने गरेर नष्ट गरेको स्थानीयवासी बताए।हात्तीले त्यहाँको किराँत मन्दिरको पर्खाल भत्काएको छ भने बिजुलीको तार र पोल लर्काएको छ।

केही दिन अघि सोही हात्तीको आक्रमणमा परि ईश्वरपुर नगरपालिकामा एक जनाको ज्यान गएको थियोे।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here