एजेन्सी:- हाइटीमा एउटा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

दुर्घटनामा दुई जना अमेरिकी नागरिकको मृत्यु भएको छ । राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको हो। सो विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको छ।

देशको दक्षिणी तटीय सहर जाक्मेल जान उडेको विमान स्थानीय समय अनुसार शुक्रबार बेलुका दुर्घटना भएको हो। दुर्घटनाको कारण भने खुलेको छैन।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here