सर्लाही:- बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय बैतडीले सिगास गाउँपालिका- ३ बाट डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा आइतबार बिहान ९ बजेर ४० मिनेटमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले दुर्घटनामा परि मृत्यु हुनेमा सिगास गाउँपालिका ३ का ४५ बर्षीय जयसिंह धामी ,सोहि ठाउँका ४५ बर्षीय मानसिंह साउँद र ६४ बर्षीय रामसिंह धामी रहेका बताए।

दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। सिगास गाउँपालिका ३ का १८ बर्षीय योगेन्द्र धामी, १३ बर्षीय लक्ष्मण बोहरा र ४० बर्षीया गोमती साउँदको अवस्था गम्भीर रहेको छ।

यस्तै सिगास गाउँपालिका ३ कै २९ बर्षीय करनसिंह धामी, ४५ बर्षीय दलबीर साउँद, ४० बर्षीय चक्र धामी, ३८ बर्षीय वासमती धामी, २० बर्षीया राजेन्द्र धामी, ४७ बर्षीय कृष्ण धामी, ४० बर्षीय शेरबहादुर धामी र २० बर्षीय रविन्द्र धामी समान्य घाइते भएका छन्।

जिप चालक १९ बर्षीय खगेन्द्र साउँद र जिप साहु ४४ बर्षीय हरिभान साउँद भने फरार रहेका छन् । जिपमा १६ जना सवार रहेका बताइएको छ । जिप सडकबाट करीब ५० मिटर तल खसेको जनाइएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here