सर्लाही : काठमाडौं उपत्यकामा आजदेखि निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ।

गत आइतबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आजदेखि १० दिन निषेधाज्ञा थप गदै जोर बिजोर प्रणाली हटाएको हो।

जोर बिजोर प्रणाली हटेपछि काठमाडौं उपत्यकाका सडकमा सवारी साधनको बाक्लो भीड छ। सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्नु पर्ने प्रशासनले  जनाएका छन्।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। सफा टेम्पो, निलो माइक्रोसहित सबै प्रकारका सार्वजनिक सवारी सञ्चालन गर्न दिइएको छ।

टेम्पो र निलो माइक्रोले तेस्रो सिटमा चार–चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रु भन्दा धेरै बोक्न पाइने छैन। सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ।

अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि पाइनेछ। यसका साथै पूर्वनिर्धारित परीक्षाहरु सञ्चालन गर्न पाइनेछ। परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ। निर्माण सामग्री ढुवानी गर्न पनि पाइने छ। निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न भने पाइने छैन भने स्कुल, कलेज सञ्चालनमाथिको प्रतिवन्ध कायमै छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here