सर्लाही : डोटीको वडिकेदारमा अज्ञात व्यक्तिद्धारा डोजरमा आगजनी गरिएको छ ।

जिल्लाको वडिकेदार गाउँपालिका १ रिसेडीमा सोमबार राती बा. २ क. ८५२१ नम्बरको डोजर जेसिबीमा आगजनी गरिएको हो ।

रिसेडीस्थित देउली रिसेडी सडकको काम गर्ने मिलन कन्ट्रक्सनको रोकी राखेको डोजर आगजनीबाट धव्स्त भएको छ । चालकले फोनमार्फत खबर गर्नासाथ इलाका प्रहरी कार्यालय बिपिनगरबाट प्रहरी निरीक्षक मोहन बहादुर साउद नेतृत्वको टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

आगो किन र कसले लगाइदिएको अझसम्म खुल्न नसकेको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here