सर्लाही : म्यासाचुसेट्स राज्यको समरभिल सिटिमा बस्ने १६ वर्षिया एक नेपाली किशाेरीमाथि गोली प्रहार भएको छ।

मंगलबार बिहान ३ बजेर ३४ मिनेट जाँदा उनीमाथि गोली प्रहार भएको थियो।समरभिल प्रहरीका अनुसार ज्याक र ग्रन्ट स्ट्रिटको चौबाटोमा गोली प्रहार भएको  हो।

गोली लागि घाइते भएकी उनलाई तत्काल बोष्टनस्थित म्यासाचुसेट्स जनरल अस्पतालमा उपचारको लागि लगिएको थियो। उनको माथिल्लो खुट्टाको पछिल्तिर गोली लागेको थियो । नीय समाचार संस्थाकाे अनुसार उनको शल्यक्रिया गर्न ६ घण्टा भन्दा बढी समय लागेको छ।

उनका बाबु राज घिमिरेलाई उधृत गर्दै न्यूज सेन्टरले गोली लागि घाइते भएकी उनको अवस्था हाल ठीक भएको पीड़ित  जनाएको छ।

पीडितका बुबा घिमिरेका अनुसार कुकुरलाई डुलाउन मध्यरातमा घर बाहिर जाने क्रममा गोली प्रहार भएको बताए।घटनामा संलग्नको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here