सर्लाही : सप्तरीमा एम्बुलेन्स चालकको मृत्यु भएको छ । बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा एम्बुलेन्स चालक सिरहाको सुखीपुर ननिवासी ४५ वर्षीय छेदीलाल कामत रहेका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका – ३ शम्भुनाथ मन्दिरको प्रवेशद्वार नजिकै पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना. ६ ख. ७८९२ नम्वरको बसले विपरीत दिशाबाट आउँदै गरेको सिरल औषधी व्यावसायिको स. १ च. ५५२ नम्वरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि गंगा प्रसाद उमा प्रसाद स्मारक अस्पताल लहान सिरहा पठाइएको छ । बसका चालक फरार रहेको र बस प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here