सर्लाही : पाल्पाको तिनाउ गाउँपालिका-५ हिउँदे खोला नजिकै खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

पहिरोमा पुरिएर तिनाउ-५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत हिउँदेखोला नजिकै माथिबाट लेदोसहितको पहिरोले पुरिँदा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते भएका छन्।

घटनास्थल सिद्धार्थ राजमार्गसँगै जोडिएको छ। पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here