सर्लाही : नेपाल कराते महासंघको तत्वाधन तथा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार,शाखा डोजो नक्सालको २२ औं बार्षिकोत्सवको अवसरमा आयोजित सातौ सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता यही असार २७ गते आईतवार देखि शुरु हुने भएको छ। प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत र पाकिस्तानका सिमित खेलाडीहरुले सहभागिता जनाउने छन।

प्रतियोगितामा पुरुष तर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा ३५,४० र पुरुष कै सिनियर तर्फ -४५,-५०,-५५,-६०,
-६७,-७५,-८४ किलोका साथै सिनियर एकल काता र महिला तर्फ जुनियर तथा क्याडेट ३५,४० किलो र महिला कै सिनियर तर्फ -४५,-५०,-५५,-६१ ,६७,+६८ किलो तौल समुहई गरी कुल २१ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपागीं ‘ईश्वर’ ले जानकारी गराए ।

दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाडीहरु लगायत हजारौं खेलाडीहरु उत्पादन गर्न सफल भईसकेको यस शाखाले प्रत्येक बर्ष आफ्नो बार्षिक कार्यक्रम र खेल गतिविधि सन्चालन गर्ने अग्रपंक्तीको डोजोको रुपमा परचित रहेका छन । यस बर्ष कोरोना भाईरसका कारण बिशेष स्वास्थ्य सावधानी अपनाउदै,सरकारको नियमलाई पुर्ण पालना गरि दर्शक बिहिन रुपमा प्रतियोगिता सन्चालन हुनेछ।

पुर्व घोषित मिति अनुसार आयोजना हुन गईरहेको यस प्रतियोगिता स्वास्थ्य सावधानी नअपनाईएका खेलाडीहरुलाई प्रवेशमा रोक लगाईनेछ भने दर्शक राखिने छैन।

शाखा डोजो नक्सालले यस अघि आफ्नो २१ बर्षे यात्रा पुरा गर्दै २१ वटा बिभिन्न प्रतियोगिता सम्पन्न गरिसकेकाछन भने गत बर्ष सन्चालन भएको छैटौ सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगितामा नेपालको तर्फबाट आयोजक टिम नक्साल डोजो टिम प्रथम भएको थियो ।

नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालद्धारा आयोजित समग्रमा यो २२ औं कार्यक्रम हो । कोरोना भाईरसका कारण अन्य बेला झै यस प्रतियोगितामा हजारौ खेलाडिहरु सहभागिता नगराईने र यस प्रतियोगितामा सिमित स्वास्थ्य सावधानी अपनाएका खेलाडीहरुलाई मात्र र एक पटकको प्रतिस्पर्धामा २५ जना भन्दा सहभागि गराईने छैन।

अनिवार्य रुपमा स्यानिटाईजर र मास्क को प्रयोग बिना कार्यक्रम स्थलमा सहभागिता गराईने छैन भने बिशेष स्वास्थ्य सावधानी अपनाउदै कार्यक्रम संचालन गरिने नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता एवम् कार्यक्रम संयोजक गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले बताए । दुई दिन सम्म निरन्तर चल्ने उक्त प्रतियोगिताका खेलहरु काठमाण्डौ लैनचौर स्थित टिटी कभर्डहलमा संचालन हुनेछ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here