सर्लाही : दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको विष्णु गाउँपालिका३, मधुवनगोठमा हिजो (शुक्रवार) अपरान्ह पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

गोडैता नगरपालिका२, का ३५ वर्षीय जयकरण मुखिया बिनको पोखरीमा डुबेर मृत्यु भएको हो। पोखरीको डिलमा बसेर माछा मारेको हिरिरहेका मुखिया अचानक लड्दा पोखरीमा डुब्नु भएको प्रहरीले जनाएको छ।

माछा मार्ने ठूलो जाल हालेर मृतक मुखियाको शव बाहिर निकालिएको थियो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, मलङ्गवा ल्याइएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here