सर्लाही : लालबन्दी नगरपालिका–२ जुटपानीमा बुधबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन्।

दक्षिणबाट उत्तरतर्फ आइरहेको ना६ख १३४९ नम्बरको ट्रकले घुर्कौलीको नहरको बाटो हुँदै नवलपुर–मलंगवा सडकखण्ड निस्कँदै गरेको ना३०प ३४६६ नम्बरको मोटरसाइकललाई बिहान साँढे ७ बजे ठक्कर दिएको हो।

दुर्घटनामा हरिवन नगरपालिका–१० निवासी २० वर्षीय सुक बहादुर रोकाया र ३८ वर्षीय वीरबहादुर स्याङ्बो गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। गम्भीर घाइते दुवैलाई लालबन्दीमा रहेको मोडेल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ। मनाङ एयरको हेलिकप्टरबाट उनीहरूलाई काठमाडौं लगिएको छ।

ठक्कर दिने ट्रक नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेका प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here