सर्लाही : नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुरुप शाखा डोजो नक्सालको २२ ओैं बार्षिक उत्सवको अवशरमा आयोजित ७ ओै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता असार २७ हिजोबाट शुरु भएको छ।

आज एक बिशेष समारोहका बिच कार्क्रमका प्रमुख अतिथि पुर्व बाणिज्य तथा आपुर्ति मन्त्री एवम नेकपा (माओवादी केन्द्र ) का केन्द्रिय सदस्य गणेशमान पुनले कार्यक्रमको उद्घाटन गरेका छन।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री पुनले नेपाली खेलकुद क्षेत्रलाई पर्यटन खेलकुदको रुपमा बिकाश गर्दै लानुपर्नै बताउनुभयो । सम्वोधनकै क्रममा प्रमुख अतिथि पुनले खेलकुद क्षेत्रमा जुनसुकै पार्टीले नेतृत्व लिएपनि यस क्षेत्रलाई राजनिति मुक्त क्षेत्र बनाउनु पर्ने बताए।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य पुरेन्द्र बिक्रम लाखे र नेपाल कराते महासंघका सह अध्यक्ष तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङले मन्तव्य ब्यक्त गरेका थिए। कार्यक्रमका संयोजक एबम नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाँगी ले लामो समय देखि बन्दा बन्दी अवस्था बस्नु परको बाध्यत्मक परिस्थितीका कारण खेलाडीहरुमा उत्पन्न हुनसक्ने नकरात्मक सोचलाई परास्त गर्न यस कार्यक्रमले बिशेष सहयोग पुर्याउने बिश्वास ब्यक्त गरे।

बिशेष स्वास्थ सावधानी अपनाउदै सिमित खेलाडीहरु सहभागी गरि दर्शक बिना सन्चालन गरेको उक्त प्रतियोगिता मा करातेका राष्ट्रिय निर्णायक बद्री कुमार खत्री द्धारा सन्चालित उक्त कार्यक्रममा नेपाल सितोरियो कराते संघका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ,राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र कुमार राई, सान का उप-निर्देशक तुलसी कुमार महर्जन, अन्तराष्ट्रिय निर्णायक राजेन्द्र कपाली, महेश रंजित,सोतोकान करातेका अध्यक्ष निवास गोपाल बैध,खेबिबि का राजेश श्रेष्ठ लगायत बिशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो।

पुरुष तर्फ १० र महिला तर्फ ९ ईभेन्टस् गरी कुल १९ स्वर्णका निम्ति प्रतिस्पर्धा भईरहेको उक्त कार्यक्रममा आज दुई स्वर्णको छिनो फानो भयो। पुरुष तर्फको ५५ किलो तौल समुहमा सुविन खत्रीले र महिला तर्फको ५० किलो तौल समुहमा स्वर्ण पदक प्राप्त गरे। सुविनले बिप्लव खडकालाई र मोनिकालाई नविना डिमडोङलाई पराजित गरेका थिए।

बिजेता खेलाडीहरुलाई कार्क्रमका प्रमुख अतिथि पुर्व बाणिज्य तथा आपुर्ति मन्त्री एवम नेकपा (माओवादी केन्द्र ) का केन्द्रिय सदस्य गणेशमान पुन र नेपाल कराते महासंघका सह अध्यक्ष तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङले पुरस्कार बितरण गर्नुभयो।

उक्त प्रतियोगिताका बाकी प्रतिस्पर्धाहरु असार २८ गते आजसम्म सन्चालन हुदै एक बिशेष कार्यक्रम बिच सम्पन्न हुनेछ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here