सर्लाही : बलात्कारको आरोपमा सल्यानका एक वडा सचिव पक्राउ परेका छन्।

जिल्लाको त्रिवेणी गाउँपालिका-५ का वडा सचिव अमर कालाथोकीलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

२१ वर्षीय युवतीलाई वडा कार्यालयमै लगेर बलात्कार गरेको आरोपमा सचिव कालाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गएको असार १९ गते वडा कार्यालयमा जाँदा आफूलाई कोठाभित्रै बलात्कार गरेको आरोप लगाउदै युवतीले असार २५ गते मात्रै प्रहरीमा उजुरी दिएकी थिइन् ।

घटनाको साता दिन बित्नै लाग्दा युवतीको परिवारले थाहा पाएपछि प्रहरीमा उजुरी दिएको बताइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। आरोपीत कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here