सर्लाही : सर्लाहीका नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य केशवप्रसाद ढुंगाना नेकपा एमालेमा फर्किएका छन् ।

नेकपामा प्रदेश कमिटी सदस्य रहेका ढुंगाना सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र अलग गराएपछि एमालेको खनाल–नेपाल समूहमा प्रवेश गरेका हुन्।

एमालेमै फर्किएपछि नेता ढुंगानाले भने, ‘म आजबाट आफैंले बनाएको घरमा फर्किएँ। आजसम्म मलाई आश्रय दिई ससम्मान व्यवहार प्रदर्शन गर्नु हुने सबै कमरेडहरूप्रति आभार प्रकट गर्दछु। धन्यवाद’

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here